तिम्रो
सौन्दर्यको कुनै सीमा छैन प्यारी,
मेरो बोत्तल
जतीजती रित्तिदै जान्छ,
तिम्रो सौन्दर्य
उतीउती बढ्दै जान्छ|
मदिराको हरेक चुस्कीपछि
तिम्रो मुहारको निखार बढेको देख्दा
तिम्रो
सौन्दर्यको अन्तिम् छोरसम्म पुग्न
संसारभरको सारा मदिरा
एक्लै घुटकाइदिउँ झै लाग्छ |
No comments:
Post a Comment