Virtual projection of my experiences.......

Thursday, December 19, 2013

ईश्वर

मानिसलाई भक्त बनाई
एकअर्काको रक्त बहाउन बाध्य पार्ने
हे ईश्वर,
अपाङ्ग रहेछौ तिमी|
न बोल्न सक्छौ,
न त सुन्न नै  ,
न देख्न सक्छौ,
न त डुल्न नै |
मानिसले जहाँ तिम्रो प्रतीमा बनायो,
त्यहि दसगजामा खुम्चेर
जीवन  बिताउन बाध्य छौ तिमी |
तिमी राजतन्त्र हटेको देशको राजा हौ
जोसंग किर्ती र इतिहास  त छ
तर सामर्थ्य छैन |
खुशी नहौ तिमी आफ्नो पूजा अर्चना देखेर,
तिम्लाई मानिसले पुजेका
तिम्रो शक्तिले  होइन ,
आफ्नो कमजोरीले  हो|
नदी भित्र चट्टानको अस्तित्वो
जसरी पानिको बेग सहन नसकेर
अन्तत: बिलिन हुनपुग्छ|
हो ठिक त्यसैगरी,
मानिसका इक्षा र आकांक्षाका भार सहन नसकेर
तिम्रो अस्तित्वो पनि
एक दिन बिलिन हुनेछ|









 







No comments:

Post a Comment