आज
म निकै खुशी छु
किनभने
म आज एक्लिएको छु|
अब अरुको नीम्ति मैले बाँच्नु पर्ने छैन|
अरुको खुशीका लागी आफ्नो इक्षा मार्नु पर्ने छैन|
एक्लो छु तर एक्लोपन कतै छैन|
कसैले छाडेर
जालन् भन्ने डर कतै छैन|
कसैको मायाको आश
अब रहेन
कसैको धोकाको
त्रास अब रहेन|
म आफैसँग कुरा
गर्नेछु
र आफ्नै
चुट्किलामा हास्नेछु|
म आफैसँग झगडा
गर्नेछु
र आफैबाट टाढा
भाग्नेछु|
आफ्नो पीडा म
आफैसँग साट्नेछु
आफ्नो हर्ष म आफैसँग बाढ्नेछु
साथ् कोही छैनन् र पनि तृप्त छु,
तृप्त छु र त कुनै साथको आवस्यकता मलाई छैन|
No comments:
Post a Comment